Nepal Life

मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १५.७८९% लाभांश प्रस्ताव

NMB Bank
  • BFIS News
  • 2025 Aug 29 11:37
मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि १५.७८९% लाभांश प्रस्ताव
United Ajod

काठमाडौं, भदौ १३ – मिड सोलु हाइड्रोपावर कम्पनी लिमिटेड (MSHL) ले आर्थिक वर्ष २०८१/८२ का लागि कुल १५.७८९% लाभांश प्रस्ताव गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिको बैठकले १५% बोनस सेयर र ०.७८९% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। बोनस सेयरको रकम करिब ११ करोड २२ लाख रुपैयाँ र नगद लाभांश करिब ५९ लाख ८ हजार रुपैयाँ रहेको छ। नगद लाभांशमा बोनस सेयरको कर समेत समावेश गरिएको कम्पनीले जानकारी दिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७४ करोड ८४ लाख रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी चौथो वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण गरिनेछ। लेख लेख्दाको समयसम्म MSHL को अन्तिम कारोबार मूल्य (LTP) रुपैयाँ ९०२.४८ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया