Nepal Life

साउन महिनाको बीमा शुल्क आर्जनमा सलिको सर्वाधिक अगाडी, बजार हिस्सा १०.५५ ओगट्दै ४५ करोड ५४ लाख आर्जन

NMB Bank
  • BFIS News
  • 2025 Aug 29 21:51
साउन महिनाको बीमा शुल्क आर्जनमा सलिको सर्वाधिक अगाडी, बजार हिस्सा १०.५५ ओगट्दै ४५ करोड ५४ लाख आर्जन
United Ajod

काठमाडौं, भदौ १० गते। चालु आर्थिक वर्षको पहिलो महिनामा सगरमाथा लुम्बिनी सिलिको इन्स्योरेन्स कम्पनी निर्जीवन बीमा शुल्क आर्जनमा सर्वाधिक अगाडी देखिएको छ। कम्पनीले साउन एक महिनामै ४५ करवड ५४ लाख रुपैयाँ आर्जन गरेको छ। साउन एक महिनामै २१ हजार १५१ वटा पोलिसी जारी गरेको छ।

Shikhar
Nepal Life
NIMB

निर्जीवन बीमा कम्पनीहरुले कुल ४ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दा सगरमाथा एक्लैको बजार हिस्सा १०.५५ प्रतिशत रहेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ लघु निर्जीवन बीमा कम्पनीहरूले ७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन्।

दोस्रोमा सिद्धार्थ प्रिमियरले ४१ करोड ७९ लाख रुपैयाँ र तेस्रोमा शिखर इन्स्योरेन्सले ४१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

त्यसपछि दि ओरिएन्टल इन्स्योरेन्सले ४१ करोड ३७ लाख रुपैयाँ, हिमालयन एभरेष्टले ३६ करोड ५२ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३४ करोड ४१ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियलले ३३ करोड ८१ लाख रुपैयाँ र नेको इन्स्योरेन्सले ३२ करोड १ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया