Nepal Life

साताको पहिलो दिन नेप्से सूचक र कारोबार रकम दुबै घट्यो

NMB Bank
  • BFIS News
  • 2025 Aug 31 15:34
साताको पहिलो दिन नेप्से सूचक र कारोबार रकम दुबै घट्यो
United Ajod

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा गिरावट आएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबारमै घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

Shikhar
Nepal Life
NIMB

आइतबार नेप्से परिसूचक ३१.१७ अंकले घटेर २७४९.८३ विन्दुमा पुगेको छ। यस्तै, सेन्सेटिभ इन्डेक्स ५.०३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स २.३१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८४ अंकले घटेका छन्।

नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। गत बिहीबार ८ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको बजारमा आइतबार ३२१ कम्पनीका ९७ हजार १७४ पटकका कारोबारमार्फत १ करोड ४८ लाख ५ हजार कित्ता शेयर किनबेच भई जम्मा ६ अर्ब ६ करोड १८ लाख २२ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

कम्पनीगत रूपमा हेर्दा उन्नती सहकार्य लघुवित्तको शेयरमूल्य सर्वाधिक ६.७७ प्रतिशतले बढेको छ। त्यस्तै, आशा लघुवित्तको मूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य बढेका स्टकहरूको मूल्य वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई भने नकारात्मक सर्किट स्तरमा पुगेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको आइतबार ४५ करोड ४६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको हो। त्यसैगरी, हिमालयन रि–इन्स्योरेन्सको करिब २९ करोड रुपैयाँ र हिमालयन डिष्टिलरीको कारोबार रकम २६ करोड रुपैयाँभन्दा बढी रहेको छ।

यस दिन १३ वटै उपसमूहका सूचक घटेका छन्। जसमध्ये विकास बैंक उपसमूहको सूचक सर्वाधिक १.५९ प्रतिशतले घटेको छ। यस्तै, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहका सूचकहरू पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया