Nepal Life

अष्ट्रेलियाको नयाँ नियम लाई लक्षित गर्दै ईडिएफ एडमिसन्सले दुई दिने शैक्षिक मेला गर्दै

NMB Bank
  • BFIS News
  • 2023 Sep 23 13:18
अष्ट्रेलियाको नयाँ नियम लाई लक्षित गर्दै ईडिएफ एडमिसन्सले दुई दिने शैक्षिक मेला गर्दै
United Ajod

काठमाडौं । अमेरिकन ईन्टरनेशनल रिक्रुटमेन्ट काउन्सिल (एआईआरसी)बाट मान्यता प्राप्त एजुकेसन कन्सल्टेन्सी ईडिएफ एडमिसन्स विगत १५ वर्षदेखि उच्च शिक्षा लक्षित शैक्षिक परामर्श तथा तयारी कक्षा कार्यक्रममा सहजिकरण गर्दै आएको छ ।

Shikhar
Nepal Life
NIMB

पछिल्लो समयमा नेपाली विद्यार्थीहरुको पहिलो अध्ययन क्षेत्रको रोजाईको रुपमा रहेको अष्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीको निम्ती नयाँ नियम लागू गर्ने भनेसँगै धेरै विद्यार्थीहरुमा सो सम्बन्धी जिज्ञासाहरु पैदा भएका छन् । सोही विषयलाई मध्येनजर गरेर ईडिएफ एडमिसन्सले आफ्नो दुई दिने शैक्षिक मेला घोषणा गरेको जनाएको छ ।
 
खासगरी कक्षा १२ उत्तिर्ण गरेर बसेका वा स्नातक तहको अध्ययनपछि अष्ट्रेलियाका प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्न चाहेका विद्यार्थीहरुलाई आवश्यक परामर्श वा जानकारीका लागि सो मेला आयोजना गरिएको ईडिएफले जनाएको छ । सो मेलामा अष्ट्रेलियामा सञ्चालनमा रहेका विश्वविख्यात विश्वविद्यालयहरुबाट प्रतिनिधिहरु आउने छन् ।
 
मेलामा पछिल्लो समयमा विद्यार्थीको रोजाई रहेका आईटी, हस्पिटालिटी, मेडिकल बिजनेस, आदिको अध्ययन सन्दर्भमा आवश्यक जानकारी आदानप्रदान हुने बताइएको छ । ईडिएफका अनुसार मेला यही सेप्टेम्बर २५ र २६ अर्थात् आगामी सोमबार र मंगलबार आफ्नै प्रधान कार्यालय काठमाडौं न्यूप्लाजामा हुनेछ ।

विद्यार्थीको सुविधाका लागि मेला बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने छ । विद्यार्थीहरुले मेलाको माध्यमबाट अष्ट्रेलियका प्रतिष्ठित विश्वविद्यालयहरु भिक्टोरिया विश्वविद्यालय, स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजी, तस्मानिया विश्वविद्यालय, फेडरेशन विश्वविद्यालय, वेस्टर्न सिड्नी विश्वविद्यालय, क्यानबेरा विश्वविद्यालय र एपिआइसीको बारेमा आवश्यक सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने ईडिएफले जनाएको छ । साथै ती विश्वविद्यालयमा अध्ययन गर्नको लागि आवश्यक मापदण्ड, सुविधा र खर्चको बारेमा समेत मेलाबाट जानकारी प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । 

ईडिएफ एडमिसन्सका कार्यकारी निर्देशक कृष्ण अर्यालका अनुसार विद्यार्थीहरुका लागि शैक्षिक प्रोफाइल अनुसार उत्तम पाठ्यक्रम प्राप्त गर्न र विद्यार्थीहरुलाई आवश्यक परामर्श तथा सुझाव दिन आफ्नो तर्फबाट उच्चतम् प्रयास हुने बताएका छन् । 

मेलामा सहभागी हुन इच्छुक विद्यार्थीहरुले ईडिएफको टेलिफोन नम्बर ०१–४५३२५७१ र ०१–४५३२५७२ मा समेत सम्पर्क गरेर आवश्यक जानकारी प्राप्त गर्न सक्ने छन् । अष्ट्रेलियामा यही सेप्टेम्बर २५–२९ मा हुन लागेको एड्मिसन वीकमा सहभागी हुन चाहने विद्यार्थीहरुले यो जततउस्ररायचmक।नभिरब्ख्नउचचपभ्ब्ध्ध्ष्व्न्ऋब् लिंकमा गएर फर्म समेत भर्न सकिने ईडिएफले जनाएको छ ।

ईडिएफले प्रारम्भिक दिनहरुमा एकमात्र शैक्षिक गन्तव्य अष्ट्रेलियाको लागि विद्यार्थीहरुलाई परामर्श प्रदान गर्दै आएको थियो भने पछिल्ला दिनमा अष्ट्रेलिया बाहेक अमेरिका, अष्ट्रेलिया, क्यानडा र युके जस्ता देशका विश्वविद्यालयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पनि शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । साथै, आईएइएलटिएस, पिटिई, जिम्याट लगायतका भाषा कक्षा पनि सञ्चालन गर्दै आएको जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया