Nepal Life

प्रभु महालक्ष्मी लाइफका सिइओ सन्तोष प्रसाईं 'भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड'बाट सम्मानित

NMB Bank
  • BFIS News
  • 2025 Sep 01 19:29
प्रभु महालक्ष्मी लाइफका सिइओ सन्तोष प्रसाईं 'भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड'बाट सम्मानित
United Ajod

काठमाडौं, २०८२ भदौ १६ – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं ‘एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड २०२५ (भोल्युम ६)’ अन्तर्गत ‘भिजनरी लिडर इन लाइफ इन्स्योरेन्स अवार्ड’ बाट सम्मानित भएका छन्।

Shikhar
Nepal Life
NIMB

उक्त सम्मान समारोह नेपालको राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको थियो। एशियन प्रोफेशनल एचिभमेन्ट अवार्ड नेपाल २०२५ को आयोजनाले उद्यमशीलता तथा व्यावसायिक सफलताको उत्कृष्ट पहिचानलाई उत्सवको रूपमा मनाउँदै आएको छ। यस सम्मानले प्रसाईंको जीवन बीमा क्षेत्रमा पुर्‍याएको दीर्घकालीन योगदान, दूरदर्शी नेतृत्व र नवप्रवर्तनशील सोचको उच्च मुल्यांकन गरेको छ।

यस अवसरमा आयोजक सिजन मिडियाले जनाए अनुसार, यस अवार्ड कार्यक्रमको उद्देश्य उद्यमशीलता तथा नवप्रवर्तनका माध्यमबाट मुलुकको आर्थिक विकासमा योगदान गर्ने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान गर्नु, प्रेरित गर्नु र एक आपसमा सहकार्य तथा सञ्जाल विस्तारको अवसर प्रदान गर्नु हो।

प्रसाईंको प्रेरणादायक नेतृत्वले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई नयाँ उचाइमा पु-याउनुका साथै सम्पूर्ण बीमा क्षेत्रलाई पनि उत्कृष्टताको बाटोमा डोर्याएको छ। उनको यो सफलताले कम्पनीको समग्र टिम, ग्राहक तथा शुभेच्छुकहरूमा थप ऊर्जा र उत्साह थपेको छ। प्रसाईंको नेतृत्वमा कम्पनीले उत्साहजनक जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया