Nepal Life

सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै, सर्वसाधारणलाई ११ लाख ९० हजार ६४० कित्ता

NMB Bank
  • BFIS News
  • 2025 Sep 02 11:19
सागर डिष्टिलरीले भदौ २५ गतेदेखि आईपीओ निष्काशन गर्दै, सर्वसाधारणलाई ११ लाख ९० हजार ६४० कित्ता
United Ajod

काठमाडौं – सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि आगामी भदौ २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले कुल जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेकोमा त्यसको २० प्रतिशत बराबर १४ करोड ५२ लाख रुपैयाँ बराबरको १४ लाख ५२ हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति प्राप्त गरिसकेको छ।

यसमा कम्पनीले १० प्रतिशत अर्थात् १ लाख ४५ हजार २०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर बिक्री गरिसकेको छ। त्यस्तै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँट गरिएको छ भने ४३ हजार ५६० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।

अब बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागिएको हो। यो शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहनेछ, जसअनुसार कुल निष्काशन रकम ११ करोड ९० लाख ६४ हजार रुपैयाँ हुनेछ।

आईपीओमा भदौ २५ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन अवधि असोज ८ गतेसम्म लम्बिन सक्नेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनका लागि गरिएको क्रेडिट रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले 'आईआरएन बी प्लस (IRN B+)' रेटिङ्ग प्रदान गरेको छ। यो रेटिङ्गले कम्पनीमा समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता भए पनि जोखिम उच्च रहेको संकेत गर्दछ।

यस आईपीओको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया