Nepal Life

सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशतसम्म छुट

NMB Bank
  • BFIS News
  • 2025 Sep 02 11:26
सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशतसम्म छुट
United Ajod

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई विशेष सुविधा दिने उद्देश्यले पोखरास्थित हिमालयन फ्रन्ट होटेल प्रालिसँग सहकार्य गरेको छ।

Shikhar
Nepal Life
NIMB

सम्झौता अनुसार, बैंकका ग्राहकले होटलमा उपलब्ध विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्। यसका लागि होटलमा भुक्तानी गर्दा सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङ सेवा प्रयोग गर्नुपर्नेछ।

बैंकले यो सम्झौतामार्फत ग्राहकलाई प्रत्यक्ष लाभ दिलाउनुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानी प्रणालीतर्फ आकर्षित गर्ने रणनीति लिएको जनाएको छ।

सिद्धार्थ बैंकका अनुसार, यो सुविधा विशेषगरी पोखरा भ्रमण गर्ने ग्राहकका लागि उपयोगी हुनेछ। डिजिटल भुक्तानी प्रवर्द्धनमार्फत सहज, सुरक्षित र छरितो सेवा प्रदान गर्ने लक्ष्यअनुरूप यस सम्झौता गरिएको बैंकले स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया