Nepal Life

नेपाल लाइफको पेशागत बीमा अभिकर्ता संघ देशव्यापी शशक्तिकरण अभियानमा

NMB Bank
  • BFIS News
  • 2025 Sep 02 12:55
नेपाल लाइफको पेशागत बीमा अभिकर्ता संघ देशव्यापी शशक्तिकरण अभियानमा
United Ajod

काठमाडौं, भदौ १७ गते। पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पुर्ण शाखा समितिमा संघको गठन तथा पुनर्गठनको अभियान चलाइरहेको छ।  

Shikhar
Nepal Life
NIMB

यहि भदौ १५ गतेसम्म सम्पूर्ण शाखा समितिहरूमा अधिवेशन सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको अभियान विविध कारणले भदौ महिनाभर नै जारी रहने संघले जनाएको छ।

बीमक समिति नेपाल लाइफका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज देवप्रसाद जैसीका अनुसार अधिवेशन अभियान अन्तर्गत शाखा समितिको अवधि सकिएका स्थानहरूमा नयाँ कार्यसमिति गठन गर्ने तथा जहाँ समितिको गठन भइनसकेको छ, त्यहाँ गठन गर्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ।

कम्पनीले भदौ महिनाभर आजीवन तथा साधारण सदस्यता वितरण अभियानसमेत सञ्चालन गरिरहेको जानकारी दिइएको छ। सदस्यता वितरण सँगै संघमा अभिकर्ताहरूको सक्रियता र सहभागिता बढाउने उद्देश्य राखिएको छ।

यसै क्रममा, आगामी भदौ २० गते धनगढीमा "अभिकर्ता सशक्तिकरण तथा नेतृत्व विकास तालिम" आयोजना गरिने उपाध्यक्ष जैसीले जानकारी दिए। तालिमले अभिकर्ताहरूको व्यवसायिक क्षमता वृद्धि तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यसैगरी, भदौ २१ गते “तारा अवार्ड, मेगा अवार्ड, तथा सुपर स्टार अवार्ड” वितरणसम्बन्धी अभिकर्ता सम्मान कार्यक्रम पनि सम्पन्न गरिनेछ। कार्यक्रममा उत्कृष्ट प्रदर्शन गरेका अभिकर्ताहरूलाई सम्मान गरिने कम्पनीले जनाएको छ।

अधिवेशन अभियान अन्तर्गत सुदूरपश्चिम प्रदेशका अछाम, बझाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा, जोगबुढा, अत्तरिया, झलारी, बेलौरी, र सुख्खड शाखाहरूमा अधिवेशन यही भदौ महिनामा सम्पन्न गर्ने योजना रहेको छ।

साथै, वर्तमानमा पेशागत बीमा अभिकर्ता संघ नेपालद्वारा आजीवन तथा साधारण सदस्यता वितरणको कार्य पनि तीव्ररूपमा अघि बढिरहेको उपाध्यक्ष देवप्रसाद जैसीले बताए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया