Nepal Life

बन्दीपुर केवलकारको आईपीओपछि अर्थमन्त्री पौडेल : ‘बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउने जिम्मा बन्दीपुरवासीकै’

NMB Bank
  • BFIS News
  • 2025 Sep 02 13:22
बन्दीपुर केवलकारको आईपीओपछि अर्थमन्त्री पौडेल : ‘बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउने जिम्मा बन्दीपुरवासीकै’
United Ajod

काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ अवधि सकिएको भोलिपल्टै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बन्दीपुरलाई आकर्षक गन्तव्य बनाउन स्थानीयवासीको मुख्य भूमिका हुने बताएका छन्।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ भदौ १५ गते सकिएको थियो। त्यसको भोलिपल्ट काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले बन्दीपुरलाई अरुले होइन, बन्दीपुरवासीले नै बनाउनुपर्ने बताए।

उनले भने, “राज्य र अन्य विकासप्रेमीको साथ लिन सकिन्छ, तर अन्ततः बन्दीपुर बन्छ कि बन्दैन भन्ने कुरा बन्दीपुरवासीकै हातमा छ। त्यसैले सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्न आवश्यक छ।”

पौडेलले बन्दीपुरको ऐतिहासिक यात्रा आरोह–अवरोहपूर्ण रहेको उल्लेख गर्दै एक समय ओइलाएको बन्दीपुर अहिले पुनःजीवित भएको बताए। उनले पर्यटन र संस्कृति क्षेत्रमा बन्दीपुरले पर्वतीय पर्यटनमा ठूलो योगदान दिएको भए पनि यसको सम्पूर्ण क्षमता अझै उपयोग हुन नसकेको टिप्पणी गरे।

उनका अनुसार बन्दीपुरसँग प्राकृतिक, सांस्कृतिक, पर्यटकीय, वातावरणीय र सामाजिक दृष्टिले विशाल सम्भावना छ। उनले थपे, “बन्दीपुरले मानिसलाई तानेर राख्ने क्षमता राख्छ। यसको सामथ्र्यलाई अझ व्यापक रूपमा उद्घाटित गर्नुपर्छ।”

मन्त्री पौडेलले बन्दीपुरवासीलाई उज्यालो भविष्य निर्माणका लागि राज्य र सरकार सधैं साथमा रहने आश्वासन पनि दिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया