Nepal Life

आरबिबि फोकस ४० को इकाई खरिदका लागि आजदेखि आवेदन खुला

NMB Bank
  • BFIS News
  • 2025 Sep 03 09:02
आरबिबि फोकस ४० को इकाई खरिदका लागि आजदेखि आवेदन खुला
United Ajod

काठमाडौं, भदौ १८ । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन हुने सामूहिक लगानी कोष आरबिबि फोकस ४० को इकाई आजदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्काशन (IPO) मा ल्याएको छ।

Shikhar
Nepal Life
NIMB

यसअन्तर्गत प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याइएको छ। जसमध्ये न्यूनतम १ करोड ४० लाख इकाई (१४ प्रतिशत) राष्ट्रिय वाणिज्य बैंकका लागि र न्यूनतम १० लाख इकाई (१ प्रतिशत) आरबिबि मर्चेन्ट बैंकिङका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणका लागि बाँकी ८ करोड ५० लाख इकाई उपलब्ध हुनेछन्।

निवेशकहरूले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सार्वजनिक निष्काशन भदौ २२ गतेसम्म बन्द हुनेछ भने सो अवधिमा सबै इकाई बिक्री नभएमा असोज १ गतेसम्म निष्काशन अवधि लम्बिन सक्छ।

१२ वर्ष अवधिको यस योजनामा लगानी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखाबाट आवेदन दिन सकिनेछ। साथै, मेरो शेयर अनलाइन प्रणालीमार्फत पनि आवेदन दिने सुविधा उपलब्ध छ।

इकाई निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपाल ले कोष प्रवर्द्धकलाई ‘केयर एनपी ए प्लस इश्यूअर रेटिङ’ दिएको छ भने योजना व्यवस्थापकलाई इक्रा नेपाल ले ‘इक्राएनपी एएमसी क्वालिटी–३’ रेटिङ प्रदान गरेको छ।

उक्त कोषले नेप्सेमा सूचीकृत कम्पनीहरूको धितोपत्रको आन्तरिक मूल्यांकन गरी उच्चतम प्रतिफल दिने सम्भाव्य ४० कम्पनीलाई प्राथमिकतामा राखेर लगानी गर्ने योजना बनाएको छ। आवश्यकता अनुसार समय र परिस्थितिअनुसार ४० भन्दा बढी कम्पनीमा समेत लगानी गर्न सकिने उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया