Nepal Life

नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने, बजारमा अधिक तरलता

NMB Bank
  • BFIS News
  • 2025 Sep 03 12:18
नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने, बजारमा अधिक तरलता
United Ajod

काठमाडौं, भदौ १८ – नेपाल राष्ट्र बैंकले आज फेरि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने भएको छ। बजारमा अधिक तरलता रहेको भन्दै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोगमार्फत उक्त रकम संकलन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार आज दिउँसो ३ बजे निक्षेप संकलनको बोलकबोल हुने छ। बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्मको बोलकबोल गर्न सक्नेछन्। बोलकबोल गर्दा ५ करोड रुपैयाँको गुणांकमा भाग गर्दा बाँकी नपर्ने गरी प्रस्ताव गर्नुपर्नेछ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा हुनेछ, र बहुब्याजदरको आधारमा बहुबोलकबोल गर्न पनि सकिने व्यवस्था गरिएको छ। यस बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्। २५ दिन अवधिको यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज असोज १२ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया