Nepal Life

बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (BFIN) को प्रमुख कार्यकारी अधिकृतमा मकुन्द सुवेदी नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Sep 03 14:36
बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (BFIN) को प्रमुख कार्यकारी अधिकृतमा मकुन्द सुवेदी नियुक्त
United Ajod

काठमाडौं। बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युट अफ नेपाल (BFIN) ले नयाँ नेतृत्व पाएको छ। संस्थाले मकुन्द सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत (CEO) को रूपमा नियुक्त गरेको छ। सुवेदीसँग साविक एनसिसी बैंकदेखि लिएर विभिन्न बैंकिङ तथा वित्तीय क्षेत्रहरूमा कार्य अनुभव रहेको छ।

Shikhar
Nepal Life
NIMB

वित्तीय क्षेत्रका पेशागत दक्षता विकास गर्नका लागि स्थापना गरिएको बीएफआएन (BFIN) को औपचारिक स्थापना २०७५ साउन २९ गते (अगस्ट १४, २०१८) मा भएको हो। यो संस्था १३ वटा राष्ट्रियस्तरका संस्थाहरूको प्रवर्द्धनमा स्थापना भएको हो, जसमा वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, पूँजी बजार संस्था तथा इमर्जिङ नेपाल लिमिटेडजस्ता संस्थाहरू समावेश छन्।

बीएफआएनको मुख्य उद्देश्य वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरू तथा सरोकारवालाहरूको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नु हो। यसका लागि संस्था तालिम, कार्यशाला, सेमिनार, अनुसन्धान, परामर्श, प्रमाणित शैक्षिक कार्यक्रम सञ्चालन तथा डाटा बैंकको विकास र प्रयोगमार्फत नेपालको वित्तीय प्रणाली सुदृढ बनाउने कार्यमा संलग्न छ।

संस्थाले वित्तीय साक्षरतासँगै बीएफआईका लागि प्लेसमेन्ट सेवा, डाटा बैंक व्यवस्थापन, तथा वित्तीय तथा कर्पोरेट क्षेत्रसँग सम्बन्धित सीप विकास कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

बीएफआएनको संस्थागत सदस्यता नीति सबै सदस्य संस्थाहरूमाथि लागू हुनेछ, जसलाई समय–समयमा संस्थाको बोर्डले पुनरावलोकन गर्नेछ। सदस्य बन्ने अवसर सरकारी निकायहरू, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, क्रेडिट रेटिङ एजेन्सी, विकास संस्थाहरू तथा निजी र सार्वजनिक क्षेत्रका अन्य संस्थाहरूले पाउने छन्।

मकुन्द सुवेदीको नियुक्तिसँगै बीएफआएनले संस्थाको उद्देश्यलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया