Nepal Life

बुङ्गल हाइड्रोको आइपिओमा १८ लाखले दिए आवेदन, माग भन्दा १२ गुणा बढि

NMB Bank
  • BFIS News
  • 2025 Sep 03 18:13
बुङ्गल हाइड्रोको आइपिओमा १८ लाखले दिए आवेदन, माग भन्दा १२ गुणा बढि
United Ajod

काठमाडौं, भदौ १७ – बुङ्गल हाइड्रो लिमिटेडले भदौ १६ गतेदेखि निष्काशन गरेको आइपिओमा माग भन्दा १२ गुणा बढिको आवेदन परेको छ। कम्पनीको आइपिओमा १८ लाख भन्दा धेरैले २ करोड ४ लाख कित्ता भन्दा धेरैको लागि आवेदन दिएका हुन्। माग भन्दा बढि आवेदन परे सँगै कम्पनीले भोलि एक दिन मात्रै बिक्री खुला गर्नेछ। 

Shikhar
Nepal Life
NIMB

यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ ल्याएको हो।

कम्पनीले ८३ करोड रुपैयाँको जारी पूँजीको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये: ८ लाख ३० हजार ८२४ कित्ता शेयर आयोजना प्रभावित स्थानीयबासिन्दाका लागि, २ लाख ७ हजार ५०० कित्ता विदेशमा रहेका नेपालीहरूका लागि, १ लाख ३ हजार ७५० कित्ता सामूहिक लगानी कोषका लागि, र ६२ हजार २५० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ।

अब बाँकी रहेको १७ लाख १ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो, जसको कुल मूल्य १७ करोड १ लाख ५० हजार रुपैयाँ बराबर रहेको छ। प्रतिकित्ता मूल्य १०० रुपैयाँ तोकिएको छ। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। 

आईपीओ निष्काशनका लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई CARE-NP B (Single B) रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले सञ्चालन गरेको १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत् आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख ३८ हजार ४८३ रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २८ करोड २५ लाख ८३ हजार ३५ रुपैयाँ पर्छ।

विद्युत उत्पादन अनुमतिपत्रको २६ वर्ष १० महिना बाँकी रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ९.८५ वर्ष र छूटमा लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको छ।

आवेदन प्रक्रिया:

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको "मेरो शेयर" अनलाइन प्रणाली मार्फत पनि सजिलै आवेदन दिन सकिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक:

यस आईपीओको शेयर निष्काशन तथा बिक्री प्रबन्धकको भूमिका हिमालयन क्यापिटल लिमिटेड ले निर्वाह गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया