Nepal Life

एभरेष्ट बैंकको लाभांश घोषणा, ६ प्रतिशत बोनस शेयर, शेयरधनीको हातमा एक अर्ब ८१ करोड नगद वितरण

NMB Bank
  • BFIS News
  • 2025 Sep 04 19:47
एभरेष्ट बैंकको लाभांश घोषणा, ६ प्रतिशत बोनस शेयर, शेयरधनीको हातमा एक अर्ब ८१ करोड नगद वितरण
United Ajod

काठमाडौं। एभरेष्ट बैंकले गत आर्थिक वर्षको २०८१/८२ को मुनाफाबाट ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद सहित कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले चुक्ता पूँजी १२ अर्ब ९४ करोड रुपैयाँको ६ प्रतिशत बोनस शेयर अर्थात ७७ करोड ६६ लाख रुपैयाँको बोनस शेयर प्रदान गर्ने भएको हो। 

Shikhar
Nepal Life
NIMB

बोनस शेयर वितरण पछि बैंकको चुक्ता पूँजी १३ अर्ब ७२ करोड पुग्नेछ। बैंकले दशैको मुखमा १४ प्रतिशत अर्थात एक अर्ब ८१ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरे पछि मात्रै बैंकले साधारणसभामा पेश गर्नेछ। साधारणसभाले लाभांश पारित गरेपछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन्। 

बिहीबार दोस्रो बजारमा बैंकको शेयर मूल्य ७४१ रुपैयाँ रहेको छ। एक वर्षको अवधिमा बैंकको शेयर मूल्य ७८० रुपैयाँसम्म पुगेको थियो। बैंकले गएको आर्थिक वर्षमा १५.५३ प्रतिशत लाभांश प्रदान गरेको थियो। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार मुनाफा ४ अर्ब ९१ करोड रहेको छ। बैंकले अरिष्कृत वित्तीय विवरणको मुनाफा र लेखापरीक्षण पछिको मुनाफामा खासै फरक पर्ने गरेको पाइदैन। 

बैंकले विगत १५ वर्षदेखि वितरण गरेको लाभांश 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया