Nepal Life

विश्व बैंकका उपाध्यक्षको नेपाल भ्रमण सम्पन्न, नेपालको रूपान्तरणात्मक विकासका लागि रोजगारी सिर्जनामा जोड

NMB Bank
  • BFIS News
  • 2025 Sep 05 13:19
विश्व बैंकका उपाध्यक्षको नेपाल भ्रमण सम्पन्न, नेपालको रूपान्तरणात्मक विकासका लागि रोजगारी सिर्जनामा जोड
United Ajod

काठमाडौं, ५ सेप्टेम्बर २०२५ — विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष जोहान्स जुट्टले आज आफ्नो पहिलो औपचारिक नेपाल भ्रमण सम्पन्न गरेका छन्। पाँचदिने भ्रमणका क्रममा उनले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, तथा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलसँग भेटवार्ता गरेका थिए।

Shikhar
Nepal Life
NIMB

“१० वर्षपछि नेपाल फर्किन पाउँदा निकै खुसी लागेको छ। यहाँ शान्तिको सुदृढीकरण, सेवा प्रवाहको सुधार, लोडसेडिङ अन्त्य, २०१५ को भूकम्प र कोभिड महामारीपछिको पुनःस्थापनामा उल्लेखनीय प्रगति देखिएको छ,” जुट्टले भने। “सरकार, निजी क्षेत्र र विकास साझेदारहरूसँग कृषि व्यवसाय, पर्यटन, सूचना प्रविधि लगायतका विकासका क्षेत्रहरूमा नेपालले हासिल गरेका उपलब्धिहरू र तिनलाई अझ विस्तार गर्न आवश्यक सुधारबारे छलफल गर्न पाउँदा सन्तोष लागेको छ,” उनले थपे।

भेटवार्ताका क्रममा उनले विश्व बैंक समूहको नेपालको लागि नयाँ देश साझेदारी रूपरेखा (Country Partnership Framework) को बारेमा चर्चा गरे, जुन नेपाल सरकारको सोह्रौं योजनासँग पूर्ण रूपमा मेल खाने गरी तयार पारिएको छ। उक्त रूपरेखा नेपालको दुई प्रमुख विकास चुनौतीहरू रोजगारी सिर्जना र विपद् सहनशीलतामा केन्द्रित छ।

विश्व बैंक समूहले सन् २०२५ देखि २०३१ सम्मको अवधिमा नेपाललाई करिब २.७ अर्ब अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने लक्ष्य राखेको छ। यसअन्तर्गत मुख्य उद्देश्य गुणस्तरीय तथा अधिक रोजगारी सिर्जना गर्दै व्यवसायमैत्री वातावरण सुधार, प्रतिस्पर्धात्मकता वृद्धि, तथा लगानी आकर्षण, विशेष गरी पर्यटन र डिजिटल विकास क्षेत्रमा सहयोग गर्ने रहेको छ।

“हरेक वर्ष करिब ५ लाख युवा नेपाली श्रम बजारमा प्रवेश गर्दैछन्। यस्तो अवस्थामा रोजगारी सिर्जनाका माध्यमबाट परिवारलाई गरिबीबाट मुक्त गराउने र दिगो विकासतर्फ उन्मुख गराउने प्रयास अझ महत्वपूर्ण भएको छ,” जुट्टले भने। “हामी सरकार, उद्यमी तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै सुधार र लगानीमार्फत रोजगारीयुक्त विकासको मार्ग प्रशस्त गर्न प्रतिबद्ध छौं,” उनले जोड दिए।

जुट्टले जुलाई १, २०२५ मा विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको जिम्मेवारी सम्हालेका हुन्। उनले यसअघि २०१३ देखि २०१५ सम्म विश्व बैंकका नेपालका कन्ट्री डाइरेक्टरको भूमिका निर्वाह गरेका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया