Nepal Life

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जनाको आवेदन, कसले मार्ला बाजी ?

NMB Bank
  • BFIS News
  • 2025 Sep 06 12:53
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जनाको आवेदन, कसले मार्ला बाजी ?
United Ajod

काठमाडौं, भदौ २० गते। नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जना आकांक्षीले आवेदन दिएका छन्। सरकारद्वारा गठित अध्यक्ष छनोट समितिले गत शनिबार सात दिने सूचना जारी गरेपछि तोकिएको समयसीमाको अन्तिम दिनसम्म १३ जनाले आवेदन दिएका हुन्।

Shikhar
Nepal Life
NIMB

आवेदकहरू मध्ये सबैभन्दा पहिले नाम परेको व्यक्ति बिक्रान्त पाण्डे हुन्। उनले यसअघि पनि आवेदन दिएर छनोटमा परेका थिएनन्। त्यस्तै, युनाइटेड इन्स्योरेन्सका तत्कालीन निमित्त प्रमुख कार्यकारी अधिकृत तथा हाल लुम्बिनी जनरल इन्स्योरेन्सका डेपुटी सिईओ रमेश भट्टराई पनि अध्यक्षका लागि प्रतिस्पर्धामा छन्।

यसपटक कर्जा सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक विष्णु बाबु मिश्रले पनि आवेदन दिएका छन्। राष्ट्रिय वाणिज्य बैंकका वर्तमान अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकालले समेत आवेदन दिएका छन्।

त्यस्तै, पूर्व सचिव महेश्वर न्यौपाने पनि अध्यक्ष पदका आकांक्षीको सूचीमा छन्। यसअघि गत वर्ष यो पदका लागि आवेदन माग गर्दा १२ जनाले मात्र आवेदन दिएका थिए।

तर, अध्यक्ष पदमा नियुक्ति राजनीतिक पहुँच र सेटिङका आधारमा हुने गरेको आरोपसहित यसपटक केही योग्य उम्मेदवारहरूले आवेदन नदिएको बताइएको छ। अब छनोट समिति प्राप्त आवेदनहरुको मूल्याङ्कन गरेर योग्य उम्मेदवारको सिफारिस गर्नेछ। यस भन्दा अगाडीका सरद ओझालाई सरकारले बर्खास्त गरे सँगै यस पटक भने सरकारले योग्यता हेरेर तथा स्वार्थ पुरा हुने व्यक्तिलाई नियुक्ति गर्ने देखिन्छ। 

गठबन्धन सरकारका सत्ता साझेदार मध्ये नेपाली कांग्रेसको पोल्टामा गभर्नर र नेपाल धितोपत्र बोर्डका अध्यक्ष परेको हुँदा यस पटक भने नेकपा एमालेको पोल्टामा पर्ने विश्लेषकहरु बताउछन्। यस हिसावले नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त देवकुमार ढकालको सम्भावना उच्च देखिन्छ। यद्यपी सबै नामावली सार्वजनिक नभएको हुँदा कसले बाजी मर्ला भन्न सक्ने अवस्था भने छैन। 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया