Nepal Life

कामना सेवा विकास बैंकद्वारा १५.७८९५% लाभांश घोषणा, लाभांश घोषणा गर्ने पहिलो विकास बैंक

NMB Bank
  • BFIS News
  • 2025 Sep 07 18:20
कामना सेवा विकास बैंकद्वारा १५.७८९५% लाभांश घोषणा, लाभांश घोषणा गर्ने पहिलो विकास बैंक
United Ajod

काठमाडौं, भदौ २२ गते। कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना सञ्चित नाफाबाट कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले सो लाभांश अन्तर्गत १० प्रतिशत बोनस सेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने जनाएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) दिनेश थकालीले जानकारी दिएअनुसार, उक्त प्रस्ताव आईतवार दिउँसो ४ बजे केन्द्रीय कार्यालयमा बसेको सञ्चालक समितिको बैठकले पारित गरेको हो।

यो निर्णयसँगै कामना सेवा विकास बैंक चालु आर्थिक वर्ष २०८१/८२ मा लाभांश घोषणा गर्ने पहिलो विकास बैंक बनेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले १२ प्रतिशत कुल लाभांश वितरण गरेको थियो।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आउने १९औं वार्षिक साधारण सभाको अनुमोदन पछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ। कामना सेवा विकास बैंकको यस निर्णयलाई स्थायीत्व र दिगो वृद्धिको संकेतका रूपमा हेरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया