Nepal Life

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जना उम्मेद्वार प्रतिस्पर्धामा, पूर्व सचिव महेश्वर न्यौपाने सबैभन्दा शक्तिशाली

NMB Bank
  • BFIS News
  • 2025 Sep 07 18:41
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १४ जना उम्मेद्वार प्रतिस्पर्धामा, पूर्व सचिव महेश्वर न्यौपाने सबैभन्दा शक्तिशाली
United Ajod

काठमाडौं, भदौ २२ – नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि १४ जना उम्मेद्वार प्रतिस्पर्धामा उत्रिएका छन्। अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले अध्यक्ष पदका लागि आवेदन दिएका उम्मेद्वारहरूको नाम सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

सिफारिस समितिको २०८२ भदौ १३ गतेको निर्णयअनुसार प्राप्त आवेदन फारामहरूको अध्ययनपछि योग्य ठहरिएका १४ जनाको नाम प्रकाशित गरिएको हो। समितिका अनुसार, छनोट प्रक्रिया पार गरेर अध्यक्ष पदका लागि अन्तिम सिफारिस गरिनेछ।

सार्वजनिक नामावलीमा परेका उम्मेद्वारहरू यस्ता छन्:

1. घनश्याम बुढाथोकी (ललितपुर)

2. विक्रान्त पाण्डे (काठमाडौं)

3. पारस काफ्ले (भक्तपुर)

4. विष्णुबाबु मिश्र (काठमाडौं)

5. बुद्धकाजी श्रेष्ठ (काठमाडौं)

6. डा. दामोदर बसौला (कास्की)

7. चिन्तामणि शिवाकोटी (काठमाडौं)

8. ज्ञानेन्द्र अधिकारी (झापा)

9. देवकुमार ढकाल (मोरङ)

10. प्रा.डा. दीपक बहादुर भण्डारी (लमजुङ)

11. डा. राजेन्द्र पण्डित (काठमाडौं)

12. यज्ञप्रसाद न्यौपाने (दाङ)

13. रमेशकुमार भट्टराई (काठमाडौं)

14. महेश्वर न्यौपाने (भक्तपुर)

समितिले आवेदन दिएका व्यक्तिहरूमध्ये योग्य उम्मेद्वारहरूको मात्र नाम सार्वजनिक गरिएको जनाएको छ। अब निर्धारित प्रक्रिया पूरा गरेपछि समितिबाट अध्यक्ष पदका लागि योग्य उम्मेद्वार सिफारिस गरिनेछ। तर, १४ जना उम्मेद्वारमध्ये कस्ले नेपाल बीमा प्राधिकरणको नेतृत्व गर्ने हुन् भन्नेबारे अहिले नै निष्कर्ष निकाल्न नसकिने सिफारिस समितिको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया