Nepal Life

सिटी होटलको ८० प्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 09:12
सिटी होटलको ८० प्रतिशत हकप्रद शेयरमा आजदेखि आवेदन
United Ajod

काठमाडौं, भदौ २३।  सिटी होटल लिमिटेड (CITY) ले आजदेखि (भदौ २३ गते) ८० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले कायम १० कित्ता बराबर ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यसअन्तर्गत कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ हुनेछ।

हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो। यसअनुसार साउन २६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्। आवेदन असोज १२ गतेसम्म दिन सकिनेछ।

निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक कार्यालयसँगै प्रभु बैंकका इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिने व्यवस्था छ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपछि चुक्ता पूँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ।

कम्पनीले संकलित रकम ऋण भुक्तानीका लागि प्रयोग गर्ने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया