Nepal Life

अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्ने बरूण हाइड्रोपावर

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 09:14
अवितरित हकप्रद शेयर लिलाममार्फत बिक्री गर्ने बरूण हाइड्रोपावर
United Ajod

काठमाडौं।  बरूण हाइड्रोपावर लिमिटेड (BARUN) ले अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म १ बराबर १ अनुपातमा निष्काशन गरेको हकप्रद शेयरमा आवेदन नपरेको हिस्सा लिलाममार्फत बिक्री गर्न लागेको हो।

Shikhar
Nepal Life
NIMB

यसअन्तर्गत कम्पनीले सर्वसाधारण समूहका २ लाख ३८ हजार ४४३ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामा ल्याउनेछ। यी शेयरका लागि लगानीकर्ताले भदौ २९ गतेदेखि असोज १२ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन दिन न्यूनतम १०० कित्ता अनिवार्य रहनेछ भने अधिकतम संख्यामा कुनै सीमा नराखिएको कम्पनीले जनाएको छ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक आबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकसँगै राष्ट्रिय वाणिज्य बैंकका वीरगञ्ज, जनकपुर, नारायणगढ, बाग्लुङ, बुटवल, नेपालगञ्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुल्सीपुर, महेन्द्रनगर, चैनपुर, खाँदबारी र धरान शाखा कार्यालयमार्फत पनि आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया