Nepal Life

नेप्सेले सूचीकृत कम्पनीका लागि १९ नयाँ सूचना खुलासा गर्नुपर्ने व्यवस्था अनिवार्य

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 10:35
नेप्सेले सूचीकृत कम्पनीका लागि १९ नयाँ सूचना खुलासा गर्नुपर्ने व्यवस्था अनिवार्य
United Ajod

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीका लागि १९ वटा नयाँ सूचना खुलासा गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

Shikhar
Nepal Life
NIMB

यस कदमले सेयर मूल्यमा हुने हेरफेर रोक्न तथा बजार पारदर्शिता बढाउन मद्दत गर्ने नेप्सेले जनाएको छ।

नयाँ नियमअनुसार कुनै व्यक्ति वा संस्थागत लगानीकर्ताले कुनै कम्पनीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद गरेमा तत्काल नेप्सेलाई जानकारी दिनुपर्नेछ। नेप्सेले यसलाई सेयर मूल्यमा कृत्रिम उतारचढाव रोक्नका लागि आवश्यक व्यवस्था भनेको छ।

कम्पनीहरूले हरेक आर्थि‍क वर्ष समाप्त भएको पाँच महिनाभित्र अडिट प्रतिवेदनसहितको वार्षिक वित्तीय विवरण बुझाउनुपर्नेछ। त्यस्तै, हरेक त्रैमासिक अन्त्य भएपश्चात एक महिनाभित्र प्रतिकित्ता आम्दानी (EPS), मूल्य-आम्दानी अनुपात (P/E ratio), प्रतिकित्ता खुद सम्पत्ति मूल्य (NAV), कुल सम्पत्ति, तरलता अनुपातजस्ता विवरणसमेत बुझाउनुपर्नेछ।

यसबाहेक साधारण सभाको पुस्तक बन्द गर्ने मिति तोक्नुभन्दा कम्तीमा सात दिनअघि नेप्सेलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको छ। साथै, १० करोड रुपैयाँ वा सोभन्दा बढीको सम्पत्ति खरिद वा बिक्री, त्यति नै परिमाणको दायित्व ग्रहण, वा सञ्चालक समितिमा हुने महत्वपूर्ण फेरबदल जस्ता सूचना तत्काल सार्वजनिक गर्नुपर्नेछ।

नेप्सेले हाल लागू गरेको व्यवस्था अन्तर्गत १९ प्रकारका सूचनाहरू समयमै खुलासा गर्नुपर्ने स्पष्ट पारेको छ। यसबाट लगानीकर्ताले भरपर्दो जानकारी प्राप्त गरी सूचित निर्णय लिन सक्ने वातावरण बन्ने नेप्सेको दाबी छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया