Nepal Life

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुट, “सबल बैंक, सफल सहकार्य”

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 13:07
महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा विशेष छुट, “सबल बैंक, सफल सहकार्य”
United Ajod

काठमाडौं, २३ भदौ – “सबल बैंक, सफल सहकार्य” भन्ने नारालाई आत्मसाथ गर्दै गुणस्तरीय तथा पहुँचयोग्य वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेड ले देशका विभिन्न स्थानमा अवस्थित स्वास्थ्य, रेष्टुरेन्ट तथा अन्य सेवामूलक संस्थाहरूसँग विशेष सहकार्य गर्दै आएको छ।

Shikhar
Nepal Life
NIMB

यस सहकार्य अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरूले विभिन्न सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन्। हालसम्म सहकार्यमा रहेका संस्था तथा प्राप्त गर्न सकिने छुटहरू यस प्रकार छन्:

क्र.स संस्था ठेगाना सेवा विवरण छुट (%)
मनकामना दर्शन प्रा.लि. कुरिनटार, चितवन केवलकार टिकट १०%
समाज डेण्टल हस्पिटल प्रा.लि. बानेश्वर, काठमाडौं एक्सरे र फार्मेसी बाहेकका सेवा १५%
मत्सुरी टोकियो प्रा.लि. दरबारमार्ग, काठमाडौं खाना तथा पेय पदार्थ १०%
मंगलम डाईगोनोस्टीक सेन्टर वीरगञ्ज, पर्सा प्याथोलोजी सेवा १०%
होटल क्वीक २० रिभर साइड जितपुर, सिमरा खाना, आवास तथा पेय पदार्थ ५%
नाईस न्यू होम डेकोर नयाँबजार, काठमाडौं कार्पेट तथा फ्लोरिङ्ग सामग्री २०% सम्म
शुभ काठमाण्डौं टायर सेन्टर ढुंगेधारा, काठमाडौं MRF ब्राण्डका टायर १०% सम्म
कुलेखानी भिलेज रिसोर्ट कुलेखानी, मकवानपुर कोठा शुल्क १०% सम्म
रिगल हेटौंडा रिसोर्ट प्रा.लि. हेटौंडा–५, मकवानपुर खाना, आवास तथा पेय पदार्थ १५% सम्म
१० कविलास रिसोर्ट एण्ड फनपार्क भरतपुर, चितवन खाना तथा फनपार्क शुल्क १५%

बैंकले विश्वास व्यक्त गरेको छ कि यस प्रकारको सहकार्यबाट ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। साथै, डिजिटल कारोबारलाई प्रोत्साहन दिने उद्देश्यले बैंकले आफ्ना विभिन्न शाखाबाट वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरू समेत निरन्तर संचालन गर्दै आएको छ।

यसै सन्दर्भमा, हालै बैंकले आफ्नो क्रेडिट कार्डधारकहरूका लागि नयाँ योजना सार्वजनिक गरेको छ। अब ग्राहकहरूले विभिन्न ट्राभल एजेन्सीमार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड प्रयोग गरी ६ देखि १२ महिनासम्म लचिलो किस्ताबन्दीमा भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। यसले ग्राहकहरूको यात्रा अनुभवलाई सहज बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया