Nepal Life

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच

NMB Bank
  • BFIS News
  • 2025 Sep 08 15:11
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या पाँच
United Ajod

काठमाडौं, भदौ २३।  सोमबार राजधानीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

Shikhar
Nepal Life
NIMB

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा एक र त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टरमा चार जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरिएको छ। उनीहरू सबै प्रहरीको रबरको गोली लागेर गम्भीर घाइते भएका थिए। अस्पतालमा पुर्‍याएपछि उपचारका क्रममा चिकित्सकहरूले मृत्यु घोषणा गरेका हुन्।

प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गरेपछि स्थिति झनै हिंसात्मक बन्दै गएको हो। दिउँसो साढे १२ बजेदेखि काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको भए पनि आन्दोलन भने रोकिएको छैन।

नयाँबानेश्वर क्षेत्रमा अहिले पनि तनाव कायमै छ भने घाइतेहरूको वास्तविक संख्या भने अझै यकिन भइसकेको छैन।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया