Nepal Life

शेयरबजार आज भदाै २४ गते मंगलबार बन्द हुने, काठमाडौं उपत्यका भित्र कर्फ्यु

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 09:47
शेयरबजार आज भदाै २४ गते मंगलबार बन्द हुने, काठमाडौं उपत्यका भित्र कर्फ्यु
United Ajod

काठमाडौं, भदौ २४ – नेपाली शेयरबजार आज भदौ २४ गते मंगलबार बन्द रहने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक सूचना जारी गर्दै आजका लागि सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको जानकारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

नेप्सेले दिएको जानकारीअनुसार, नेपाल सरकार, गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंले भदौ २४ गते बिहान ८:३० बजेदेखि लागू हुने गरी काठमाडौं जिल्लाको चक्रपथ भित्र कर्फ्यु आदेश जारी गरेको छ।

साथै, धेरै कारोबार सदस्यहरू र लगानीकर्ताहरूबाट कारोबार स्थगन गर्न अनुरोध समेत आएको कारण नेप्सेले सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१(१) बमोजिम आजको सम्पूर्ण कारोबार स्थगन गर्ने निर्णय गरेको हो।

यस निर्णयसँगै, आज कुनै पनि प्रकारका सेयर किनबेच तथा अन्य धितोपत्र सम्बन्धी कारोबारहरू सञ्चालन नहुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया