Nepal Life

गगन थापाको कडा अभिव्यक्ति : "प्रधानमन्त्रीले दमनको जिम्मा लिएर राजीनामा दिनुपर्छ, कांग्रेस सरकारबाट फिर्ता हुनु पर्छ"

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 10:06
गगन थापाको कडा अभिव्यक्ति : "प्रधानमन्त्रीले दमनको जिम्मा लिएर राजीनामा दिनुपर्छ, कांग्रेस सरकारबाट फिर्ता हुनु पर्छ"
United Ajod

काठमाडौं, भदौ २४ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले हालै देशभरि भएको दमन र निर्दोष युवाहरूको मृत्युबारे कडा शब्दमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन माग गरेका छन्।

Shikhar
Nepal Life
NIMB

थापाले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भने, "रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृश्य आँखा अगाडि घुमिरहेको छ।"

उनले प्रधानमन्त्रीको नेतृत्वमा भएको घटनालाई ‘दमन’ भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने बताए। "प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ," थापाले भने।

कांग्रेस महामन्त्री थापाले नेपाली कांग्रेस यस्तो परिस्थितिमा एक दिन पनि सरकारमा बस्न नहुने उल्लेख गर्दै पार्टीलाई तत्काल सरकारबाट फिर्ता गराउन आफू सक्रिय रूपमा लाग्ने चेतावनी दिए।

"अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रूपमा रहनुहुदैन, रहन सक्दैन। नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ। पार्टीको बैठकबाट यो निर्णय गराउन म लाग्नेछु," उनले प्रष्ट पारे। थापाको यस्तो अभिव्यक्तिले कांग्रेसभित्र सरकारमा बसिरहने कि बाहिरिने भन्ने बहस पुनः चर्किने देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया