Nepal Life

कृषिमन्त्री अधिकारीको राजीनामा

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 10:17
कृषिमन्त्री अधिकारीको राजीनामा
United Ajod

काठमाडौं, २४ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्।

Shikhar
Nepal Life
NIMB

अधिकारीले जेनजी आन्दोलनका क्रममा भएको दमनप्रति आक्रोश व्यक्त गर्दै पद छाडेका हुन्। उनले देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तासँग ‘युद्धजस्तो व्यवहार’ गरिएको भन्दै त्यसबारे सरकारसँग जवाफ खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “यसको जवाफ नखोजी सत्तामा बस्नु मेरो लागि सह्य भएन। स–साना बालबालिकामाथि भएको हत्या र दमनले देश शोकाकुल बनाएको अवस्थामा सरकारमा निरन्तर बसिरहनु मेरो नैतिकता, मेरो दलको शिक्षा र मेरो ब्रम्हसँग असंगत देखियो। त्यसैले अपराधबोधका बीच म देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै मन्त्री पदबाट राजीनामा दिन्छु।”

लोकतन्त्रमा प्रश्न सोध्ने र शान्तिपूर्ण विरोध गर्ने अधिकार नागरिकको स्वाभाविक हक भएको उल्लेख गर्दै उनले दमन र हत्याको माध्यमबाट सरकार अघि बढेको आरोप समेत लगाएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया