Nepal Life

अन्योलको अवस्था समाधान नभएसम्म कारोबार स्थगन गर्न नेपाल इन्भेष्टर फोरमको माग

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 10:30
अन्योलको अवस्था समाधान नभएसम्म कारोबार स्थगन गर्न नेपाल इन्भेष्टर फोरमको माग
United Ajod

काठमाडौं, भदौ २४ गते। नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले हालको विषम परिस्थितिमा सम्पूर्ण लगानीकर्ताको तर्फबाट धितोपत्र बजारमा जारी कारोबार तुरुन्त स्थगन गर्न माग गरेका छन्।

Shikhar
Nepal Life
NIMB

हालैको आन्दोलनमा शाहदत प्राप्त गरेका सम्पूर्ण कलिला भाईबहिनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै ढकालले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्। उनले वर्तमान आन्दोलनका कारण उत्पन्न असहज अवस्था र प्रशासनद्वारा जारी कर्फ्यू आदेशले लगानीकर्तामा मानसिक दवाव र अन्योल सिर्जना भएको उल्लेख गरे।

फोरमले प्रेश विज्ञप्ती जारी गर्दै भनेको छ, “यस अवस्थामा सहज र दवाव रहित ढंगले कारोबार सम्भव छैन, त्यसैले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज समक्ष हामी अन्योलको अवस्था अन्त्य नभएसम्म कारोबार स्थगनको माग गर्दछौं।”

फोरमले चेतावनी दिँदै भनेको छ, “यदि लगानीकर्ताको माग वेवास्ता गर्दै कारोबार गराइयो भने त्यसबाट हुने प्रत्यक्ष तथा अप्रत्यक्ष क्षतिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले लिनुपर्नेछ।”

अध्यक्ष ढकालले बजारको हितका लागि सम्पूर्ण ब्रोकर साथीहरूलाई पनि सहकार्य गर्न आग्रह गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया