Nepal Life

ओली निवासमा प्रदर्शनकारीद्वारा आगजनी

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 13:06
ओली निवासमा प्रदर्शनकारीद्वारा आगजनी
United Ajod

काठमाडौं।  बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा जेनजी आन्दोलनमा उत्रिएका प्रदर्शनकारीहरूले आगजनी गरेका छन्।

Shikhar
Nepal Life
NIMB

सोमबार भएको हिंसात्मक प्रदर्शनका क्रममा ओली निवास लक्षित गरी आगजनी गरिएको हो।

सोमबारको प्रदर्शनमा प्रहरीको गोली लागी १९ जनाले ज्यान गुमाएका थिए। सो घटनापछि आज बिहानैदेखि आन्दोलन झन् चर्किँदै गएको छ।

प्रदर्शनकारीहरूले हाल शीर्ष नेताहरूका निजी निवास र विभिन्न पार्टी कार्यालयहरूमा तोडफोड र आगजनीलाई तीव्र पारेका छन्। स्थिति नियन्त्रणमा लिन सुरक्षा निकायहरूलाई व्यापक रूपमा परिचालन गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया