Nepal Life

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द ग तयारी

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 13:11
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द ग तयारी
United Ajod

काठमाडौं। राजधानीका विभिन्न क्षेत्रमा निरन्तर आगलागी र असुरक्षित परिस्थिति बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीका अनुसार गोठाटारसहित वरपरका क्षेत्रमा भइरहेका आगलागीका घटनाले हवाई सुरक्षा जोखिममा परेको कारण विमानस्थल अस्थायी रूपमा बन्द गर्न लागिएको हो।

अहिले आकाशमा रहेका जहाजलाई मात्र अवतरणको अनुमति दिइने र नयाँ उडानहरू रोक्ने निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै विमानस्थल परिसरमा नेपाली सेना परिचालन गरिएको छ। अब मुख्य गेट समेत बन्द गरी विमानस्थलभित्रका अन्य गतिविधि पनि रोक्ने तयारी गरिएको अधिकारीहरूले बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया