Nepal Life

नक्सालस्थित हिल्टन होटलमा जेनजीद्वारा आगजनी

NMB Bank
  • BFIS News
  • 2025 Sep 09 14:37
नक्सालस्थित हिल्टन होटलमा जेनजीद्वारा आगजनी
United Ajod

काठमाडौं।  राजधानी नक्सालस्थित हिल्टन होटलमा जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। प्रहरीले पुष्टि गरेअनुसार केहीबेरअघि भएको आगजनी होटल परिसरमा तीव्र रूपमा फैलिएको छ।

Shikhar
Nepal Life
NIMB

प्रहरी प्रधान कार्यालय नजिकै रहेको सो होटललाई लक्षित गरी आगजनी गरिएकाले सुरक्षा निकायलाई सतर्कता बढाइएको छ। सोमबारदेखि सुरु भएको जेनजी आन्दोलन आज पनि देशभर जारी छ।

काठमाडौंसहितका ठूला शहरहरूमा प्रदर्शन तीव्र बनेको छ। प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका घर, पार्टी कार्यालय र प्रहरी कार्यालयमा लगातार ढुंगामुढा र तोडफोड गरिरहेका छन्।

सुरक्षाको कारण देखाउँदै मन्त्रीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको सरकारी स्रोतले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया