Nepal Life

बीमा कम्पनीहरुलाई 'वर्क फ्रम होम'को व्यवस्था मिलाउन प्राधिकरणको निर्देशन

NMB Bank
  • BFIS News
  • 2025 Sep 10 14:17
बीमा कम्पनीहरुलाई 'वर्क फ्रम होम'को व्यवस्था मिलाउन प्राधिकरणको निर्देशन
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई घरमै बसेर काम गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै देशमा उत्पन्न भएको विषम परिस्थितिलाई ध्यानमा राखी यस्तो व्यवस्था गर्न आग्रह गरेको हो।

Shikhar
Nepal Life
NIMB

प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, “हाल देशमा उत्पन्न भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै नेपाल राज्यभर रहेका बीमा कम्पनीहरू तथा तिनका शाखा र उपशाखा कार्यालयहरूबाट सम्पादन हुँदै आईरहेको कार्यलाई सुरक्षा व्यवस्था सामान्य नहुन्जेलसम्मका लागि घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरिन्छ।”

साथै, प्राधिकरणले आफ्ना कर्मचारी तथा भौतिक सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायको आदेशलाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। कुनै पनि अवाञ्छित गतिविधि देखा परेमा तत्काल सम्बन्धित सुरक्षा निकायलाई खबर गर्न समेत अनुरोध गरिएको छ।

यसअघि पनि विभिन्न संवैधानिक र नियामक निकायहरूले असामान्य परिस्थितिमा संस्थागत गतिविधिहरूलाई निरन्तरता दिन सुरक्षित विकल्प अपनाउन सुझाव दिएका थिए। नेपाल बीमा प्राधिकरणको यो आग्रहले बीमा कम्पनीहरूले कार्य सम्पादनमा लचिलोपन देखाउँदै ग्राहक सेवामा निरन्तरता दिने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया