Nepal Life

गभर्नर डा. विश्वनाथ पौडेलको भावुक अभिव्यक्ति : "ढुंगा हानिएको कोठा मेरी वृद्ध आमाको सुत्ने कोठा हो"

NMB Bank
  • BFIS News
  • 2025 Sep 11 06:51
गभर्नर डा. विश्वनाथ पौडेलको भावुक अभिव्यक्ति : "ढुंगा हानिएको कोठा मेरी वृद्ध आमाको सुत्ने कोठा हो"
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले चितवनस्थित आफ्नै गाउँको घरमाथि भएको आक्रमणप्रति गहिरो दुख र आक्रोश व्यक्त गरेका छन्। एक भिडियो सन्देशमार्फत गभर्नर पौडेलले आफू बसोबास नगरेको, तर अझै पनि प्रत्येक हप्ता एक छाक भएपनि आमाबुवासँग खाना खान गाउँ पुग्ने गरेको जनाउँदै आफ्ना वृद्ध आमाबुवामाथि आक्रमण हुनु दुःखद् र अमानवीय भएको बताए।

Shikhar
Nepal Life
NIMB

उक्त घटनामा ढुंगा प्रहार गरिएको कोठा उनका ८२ वर्षीय आमाको सुत्ने कोठा भएको उल्लेख गर्दै गभर्नरले भने, “त्यो कोठा मेरी आमाको सुत्ने कोठा हो, जसको कान कम सुन्छिन् र भर्खरै मुटुको अपरेसन गरेर बस्नुभएको हो।”

गभर्नर पौडेलका अनुसार त्यो घर उनका बुबाले १५ वर्षअघि बनाएका थिए, जब उनी अझै विद्यार्थी थिए। उनका बुवा अहिले ८७ वर्षका छन् र हालै रक्तअल्पता भएर सिकिस्त अवस्थामा पुगेका थिए। “बाँच्नुहुन्न कि भन्ने लागेकाे थियो, तर अहिले विस्तारै सन्चो हुँदै हुनुहुन्थ्यो,” उनले भने।

चितवन झरेको इतिहास सुनाउँदै उनले भने, “६७ वर्षअघि चितवन झर्नुभएका बुबाका सबै सन्तान यही जन्मिएका हुन्।” गभर्नर पौडेलले आफ्नो पारिवारिक पृष्ठभूमि पनि खुलाएका छन्। “जिन्दगीमा मैले कसैसँग एक रुपैयाँ पनि मागेको छैन, दिएको मात्र होला,” उनले प्रष्ट पारे।

उनले आफू सधैँ कक्षामा प्रथम हुने विद्यार्थी भएको उल्लेख गर्दै भने, “गाउँमा कुनै सुविधा नभएको स्कुल पढेर दाइ अहिले अमेरिकामा प्राध्यापक हुनुहुन्छ, म भने नेपालमै बसेर केयु (काठमाडौँ विश्वविद्यालय) मा प्राध्यापन गर्न थालेँ।”

बुबा–आमा दुबैले साधारण लेखपढ गर्न जान्ने भए पनि उनीहरूले दिएको संस्कार र शिक्षाको जग बलियो रहेको गभर्नर पौडेलले बताए।

भैसेपाटीस्थित घरमा आगजनी भएपछि चितवनको घरमा समेत आक्रमण हुनुले आफू अत्यन्त मर्माहत भएको बताउँदै उनले भने, “मेरो रिस मेरो भैसेपटिको घर जलाएर नपुगि मेरा वृद्ध बा–आमा बसेको चितवनको घरमा पोख्ने साथिहरुको फलोस्–फूलोस्।”

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया