Nepal Life

आइतबारदेखि सर्वोच्च अदालत सञ्चालनमा

NMB Bank
  • BFIS News
  • 2025 Sep 11 18:12
आइतबारदेखि सर्वोच्च अदालत सञ्चालनमा
United Ajod

काठमाडौं। सर्वोच्च अदालतले आइतबार (भदौ २९)देखि आफ्नो कामकाज पुनः सुरु गर्ने भएको छ।

Shikhar
Nepal Life
NIMB

बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा दर्ता र नियमित सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकामसिंह राउतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकको निर्णयअनुसार २०८२ साल भदौ २९ गते आइतबारदेखि यस अदालतमा बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा दर्ता र नियमित सुनुवाइ प्रारम्भ हुनेछ।”

हालैको आगजनी घटनामा नेपालको न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण कागजात नष्ट भए पनि अदालतले आफ्नो संवैधानिक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ। विज्ञप्तिमा भनिएको छ, “नेपालको न्यायिक इतिहासका महत्वपूर्ण कागजातहरू प्रायः नष्ट भइसकेका छन्। तर यस्ता कठिन परिस्थितिमा पनि नेपालको न्यायपालिकाले संविधानले तोकेको दायित्व पूरा गर्नेछ।”

सर्वोच्चले जनताको सार्वभौमिकता, संवैधानिकता, कानूनी शासन, मौलिक अधिकार र न्याय प्राप्तिको अविच्छिन्न अधिकारको सम्मान गर्दै, जुनसुकै परिस्थितिमा पनि न्यायको बाटोमा दृढ र अडिग रहिरहने प्रतिवद्धता व्यक्त गरेको छ। अदालतले यथाशक्य चाँडै नियमित कामकाज पुनः सञ्चालन गरी नागरिकले न्यायप्रति गरेको अपेक्षा पूरा गर्ने आश्वासनसमेत दिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया