Nepal Life

जेनजीले नेपाली सेनालाई दिए ठाडो चुनौती, सुशिला कार्कीलाई प्रधानमन्त्री नबनाए राष्ट्रपती कार्यालय घेर्ने

NMB Bank
  • BFIS News
  • 2025 Sep 11 23:02
जेनजीले नेपाली सेनालाई दिए ठाडो चुनौती, सुशिला कार्कीलाई प्रधानमन्त्री नबनाए राष्ट्रपती कार्यालय घेर्ने
United Ajod

काठमाडौं। जेनजीले नेपाली सेनालाई ठाडो चुनौती दिएका छन्। उनिहरुले राष्ट्रपती रामचन्द्र पौडेललाई तत्काल शुशिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त नगरेमा राष्ट्रपती कार्यालय घेराउ गर्ने चेतावनी समेत दिएका छन्। 

Shikhar
Nepal Life
NIMB

जेनजीका प्रमुख सुदन गुरुङले विग्रेडियर जनरल आर्मीलाई फोन गरेर राष्ट्रपती रामचन्द्र पौडेललाई झिकाउन अनुरोध गरेका छन्। यदि उनले आनाकानी गरेमा रामचन्द्र पौडेलालाई थुतेर बाहिर ल्याउने भन्दै आक्रोश पोखेका छन्। उनले ११ बजेका विचमा राष्ट्रपतीले केहि न केहि कदम नलिएमा राष्ट्रपती कार्यालय घेराउ गर्ने र आफ्नो ज्यानको आहुती दिन समेत तयार रहेने भन्दै आक्रोश पोखेका छन्। उनले रामचन्द्र पौडेलले नेपाली कांग्रेसको रुपमा भुमिका निभाउन खोजेको समेत आरोप लगाउदै उनको कदम प्रति नै आशंका व्यक्त गरेका छन्। 

प्रधानसेनापतीले हिजो मात्रै पौडेललाई राजिनामा दिन भन्दा उनले मलाई बरु मार तर राजिनामा दिन्न भनेका थिए। अहिले सर्वत्र रुपमा सेनाले कु पो गर्ने हो की भन्ने डरले आक्रान्त बनाएको छ। 

जेनजीले जसरी सामाजिक सञ्जालमा पुर्वराजालाई भेटेको भन्ने कुरालाई पनि चिरेका छन्। उनिहरुले आफुले पुर्व राजालाई भेट नगरेको र आजै राती राजा आउने भन्ने कुरा गलत भएको पुष्ठी गरेका छन्। अहिले देश संक्रमणकालिन अवस्थामा छ। सेनाको सक्रियता बढे सँगै सबै जना त्रसिद भएका छन्। कतै आजै राती राजा पो आउने हो कि भन्ने डरले सबै नेपाली जागा बसेका छन्। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया