Nepal Life

अन्तर बैंक फुटसल टुर्नामेण्ट २०८० : महिला तर्फ ग्लोबल आइएमई र पुरुष तर्फ एनआइसी एशिया बने विजेता

NMB Bank
  • BFIS News
  • 2023 Sep 24 21:48
अन्तर बैंक फुटसल टुर्नामेण्ट २०८० : महिला तर्फ ग्लोबल आइएमई र पुरुष तर्फ एनआइसी एशिया बने विजेता
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले संविधान दिवसको अवसर परी आयोजना गरेको अन्तर बैंक फुटसल टुर्नामेण्ट २०८० सम्पन्न भएको छ ।

Shikhar
Nepal Life
NIMB

धनयन्तरी फुटसल हव, हाडीगाँउ, काठमाडौंमा असोज ३ गतेदेखि ६ गतेसम्म संचालन भएको टुर्नामेण्टको पुरुष समुहतर्फ एन.आइ.सी एशिया बैंक र महिला समुह तर्फ ग्लोबल आइएमई बैंक विजेता भएका छन् । एनआइसी एशिया बैंकले फाइनल खेलमा प्राइम कमर्सियल बैंकलाई ४ का विरुद्ध ३ गोलले पराजित गर्दै टुर्नामेन्टको विजेता भएको हो भने ग्लोबल आइएमईको महिलातर्फको समुहले फाइलन खेलमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको महिला समुहलाई ट्राइबेकरमा २ का विरुद्ध एक गोलले पराजित गर्दै टुर्नामेण्टको महिला समुह तर्फको विजेता बन्न सफल भएको हो ।

टुर्नामेण्टको उत्कृष्ट खेलाडी पुरुष समूह तर्फ एन. आई.सी. एसीया बैंक लि. का ठाकुर श्रेष्ठ, महिला समूहतर्फ स्ट्याण्डर्ड चार्टर्ड बैंक लि. का अनुराधा के.सी., सर्वाधिक गोलकर्ता पुरुष समूह तर्फ सिद्धार्थ बैंक लि. का शान्ती राम कार्की, महिला समूहतर्फ ग्लोबल आई एमई बैंक लि. का चन्द्रिका भट्ट भएका थिए । त्यसै गरी खेलको उत्कृष्ट गोलरक्षक पुरुष समूह तर्फ एन. आई. सी. एसिया बैंक लि. का सुदीप पाण्डे र महिला समूहतर्फ ग्लोबल आईएमई बैंक लि. का केष माया गुरुङ्ग भएका थिए ।

खेलका उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई मेडल, ट्रफी र नगद रु.दश हजार पुरस्कार प्रदान गरिएको थियो भने खेलका विजेता र उपविजेता प्रत्येक टिमलाई क्रमशः रु. एक लाख र रु. पचास हजारका साथ मेडल र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रमको पुरस्कार वितरण समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । त्यसै गरी कार्यक्रमको समापन समारोहमा नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिका अध्यक्ष गिता पोखेल लम्साल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले खेलाडीहरुलाई बधाई मन्तव्य दिएका थिए भने कर्मचारी संघ बालुवाटार समितिका अध्यक्ष प्रकाश पोखेलले धन्यवाद मन्तव्य दिए । कार्यक्रम संघ बालुवाटार समितिका सचिव रोलेन्द्र विक्रम जवेगुले संचालन गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया