Nepal Life

नेपालमा सुनको मूल्य नयाँ कीर्तिमानमा, तोलामा २ लाख १५ हजार ८ सय पुग्यो

NMB Bank
  • BFIS News
  • 2025 Sep 12 11:36
नेपालमा सुनको मूल्य नयाँ कीर्तिमानमा, तोलामा २ लाख १५ हजार ८ सय पुग्यो
United Ajod

काठमाडौं, भदौ २६ गते। नेपालमा सुनको मूल्यमा तीव्र वृद्धिले निरन्तरता पाउँदै गएसँगै आज पुन: ऐतिहासिक उच्चतम मूल्य कायम भएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार (सेप्टेम्बर १२, २०२५) का लागि तोलामा सुनको मूल्य रु. १,६०० ले वृद्धि भई रु. २,१५,८०० पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिनको दर रु. २,१४,७०० तोलाबाट बढेर नयाँ कीर्तिमान बनाएको हो।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि उल्लेखनीय रुपमा बढेको छ। अघिल्लो दिनको रु. २,१३,५०० को तुलनामा आज तेजाबी सुन तोलामा रु. २१५,१०० मा कारोबार भइरहेको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धिको क्रम देखिएको छ। चाँदी तोलामा रु. ६० ले बढेर रु. २,५६५ पुगेको छ, जुन अघिल्लो दिन रु. २,५०५ थियो।

बजार विश्लेषकहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुहरूमा मूल्य वृद्धिको प्रवृत्ति देखिएको छ, जसको असर नेपाली बजारमा पनि परेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया