Nepal Life

संसद् विघटन गर्ने सहमति, सुशीला कार्कीले आजै प्रधानमन्त्रीका रूपमा शपथ लिने

NMB Bank
  • BFIS News
  • 2025 Sep 12 20:21
संसद् विघटन गर्ने सहमति, सुशीला कार्कीले आजै प्रधानमन्त्रीका रूपमा शपथ लिने
United Ajod

काठमाडौं । लामो रस्साकस्सीपछि संसद् विघटन गर्ने सहमति भएको छ। शीतल निवासमा पछिल्ला दुई दिनदेखि चलिरहेको वार्ता अन्ततः संसद् विघटन गर्ने निर्णयमा टुंगिएको हो।

Shikhar
Nepal Life
NIMB

संसद् विघटनसँगै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति पनि भएको छ। सहमति अनुसार कार्कीले आजै राति ९ बजे प्रधानमन्त्रीका रूपमा शपथ लिने कार्यक्रम तय भएको छ।

पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तिम सरकारको नेतृत्वमा ल्याउने सहमति गएराति नै जुटे पनि संसद् विघटनको विषयमा भने मतैक्य हुन बाँकी थियो। त्यसकै लागि कार्कीसहितको टोली शीतल निवास पुगेर दिनभर छलफल गरेको थियो। अन्ततः संविधान विघटन गर्ने विषयमा समेत सहमति जुटेपछि नयाँ सरकार गठनको बाटो खुलेको हो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया