Nepal Life

एसवाई प्यानलको आईपीओ निष्काशन स्थगित

NMB Bank
  • BFIS News
  • 2025 Sep 13 15:50
एसवाई प्यानलको आईपीओ निष्काशन स्थगित
United Ajod

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि सुरु गर्न लागेको प्राथमिक शेयर (आईपीओ) निष्काशन स्थगित गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै आईपीओ निष्काशन गर्न लागेको थियो। तर, नेपालमा देखिएको हालको विषम परिस्थितिका कारण अर्को सूचना प्रकाशित नभएसम्मका लागि निष्काशन स्थगित गरिएको कम्पनीले जनाएको छ।

कम्पनीलाई १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँ बराबरको जारी पूँजीमध्ये ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्न अनुमति दिइएको थियो।

यसअन्तर्गत २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२९ कित्ता शेयर (२ करोड ६१ लाख ६२ हजार ७०० रुपैयाँ बराबर) उद्योग प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याइएको थियो। त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएका शेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता शेयर (४ करोड ९७ लाख ९ हजार २०० रुपैयाँ बराबर) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि लक्षित गरिएको थियो।

यस बाहेक कम्पनीले आफ्ना कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर सुरक्षित गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया