Nepal Life

एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा बोलपत्र अवधि असोज ५ गतेसम्म थप

NMB Bank
  • BFIS News
  • 2025 Sep 14 09:20
एशियन लाइफ इन्स्योरेन्सको अवितरित हकप्रद शेयरमा बोलपत्र अवधि असोज ५ गतेसम्म थप
United Ajod

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले भदौ २२ गतेदेखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद शेयरमा बोलपत्र पेश गर्ने अवधि थप गरेको छ।

Shikhar
Nepal Life
NIMB

इन्स्योरेन्सले हाल मुलुकमा देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै बोलपत्र पेश गर्ने अन्तिम म्याद असोज ५ गतेसम्म विस्तार गरेको हो।

यसअघि कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ बराबर ०.४२ अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो। सो अवधिमा आवेदन नपरेका शेयरलाई कम्पनीले लिलामी बिक्रीमा ल्याएको हो।

कम्पनीले संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र सर्वसाधारण समूहतर्फ ३ लाख २८ हजार ४७३.९१ कित्ता गरी कुल ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर लिलाममा राखेको छ। शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। अधिकतम संख्यामा भने कुनै सीमा तोकिएको छैन।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक कार्यालयसँगै मुक्तिनाथ विकास बैंकका ठिमी–भक्तपुर, कुमारीपाटी–ललितपुर, बिर्तामोड, विराटनगर, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुङ्गा–पोखरा, बाग्लुङ, बुटवल, घोराही–दाङ, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखाबाट समेत बोलपत्र पेश गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया