Nepal Life

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १७ औँ वार्षिक साधारण सभा भदौ ३१ गते हुने

NMB Bank
  • BFIS News
  • 2025 Sep 14 10:28
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको १७ औँ वार्षिक साधारण सभा भदौ ३१ गते हुने
United Ajod

काठमाडौं, भदौ २८ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले यसअघि भदौ २५ गते बोलाइएको १७ औँ वार्षिक साधारण सभा भदौ ३१ गतेका लागि सार्ने निर्णय गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले काठमाडौँस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे साधारण सभा आह्वान गरेको हो। सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.६३२ प्रतिशत नगद लाभांश वितरण सम्बन्धी विशेष प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह ‘क’ का शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्तावहरू पनि सभामा पेस हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ १३ गते एक दिनका लागि बुकक्लोज गरिसकेको छ। यस अनुसार, भदौ १२ गतेसम्म नेप्सेमा कारोबार गरी शेयरधनीको रुपमा नाम दर्ता भएका लगानीकर्ताहरूले साधारण सभामा सहभागिता जनाउन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया