Nepal Life

महालक्ष्मी विकास बैंकद्वारा हालैका विषम घटनाप्रति गहिरो दुःख व्यक्त

NMB Bank
  • BFIS News
  • 2025 Sep 14 13:51
महालक्ष्मी विकास बैंकद्वारा हालैका विषम घटनाप्रति गहिरो दुःख व्यक्त
United Ajod

काठमाडौं । हालै देशमा घटेका विभिन्न दुःखद र विषम घटनाहरूका कारण भएको जिउधनको क्षतिले महालक्ष्मी विकास बैंक गहिरो रुपमा मर्माहत भएको जनाएको छ। बैंकले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्न सक्ने शक्ति मिलोस् भन्दै शुभेच्छा व्यक्त गरेको छ।

Shikhar
Nepal Life
NIMB

बैंकले उपचाररत सम्पूर्ण घाइते व्यक्तिहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। साथै, यी घटनाहरूद्वारा सरकारी, सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिप्रति समेत गहिरो दुःख प्रकट गरेको छ।

सरकार गठनको प्रक्रिया प्रारम्भ भइसकेको सन्दर्भमा बैंकले उक्त प्रक्रिया चाँडै टुंगिने आशा व्यक्त गर्दै, देशको असामान्य परिस्थिति शीघ्र सामान्य बन्ने र शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व तथा सुरक्षाको प्रत्याभूति हुने विश्वास व्यक्त गरेको छ।

यसैबीच, बैंकको पोखरा लेकसाइडस्थित शाखा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको जानकारी दिँदै बैंकले सो शाखाबाट प्रदान गरिँदै आएको सम्पूर्ण बैंकिङ सेवा नजिकका अन्य शाखा कार्यालयहरूबाट सहज रूपमा प्राप्त गर्न सकिने जानकारी गराएको छ।

बैंकले लेकसाइड शाखाबाहेक अन्य सम्पूर्ण १०२ शाखा कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा रहेको र बैंकका सबै डिजिटल सेवाहरू सुरक्षित रूपमा सञ्चालन भइरहेको समेत स्पष्ट पारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया