Nepal Life

श्रीनगर एग्रीटेकको आईपीओमा थप २ दिन आवेदन दिन पाइने, भदौ ३० र ३१ मा मौका

NMB Bank
  • BFIS News
  • 2025 Sep 15 10:31
श्रीनगर एग्रीटेकको आईपीओमा थप २ दिन आवेदन दिन पाइने, भदौ ३० र ३१ मा मौका
United Ajod

काठमाडौं, भदौ २९ — श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि खुला गरेको आईपीओ (प्राथमिक शेयर) मा आवेदन दिने अवधि थप गरेको छ। कम्पनीले पहिले भदौ २५ गते निष्काशन बन्द गर्ने भनेकोमा हाल देशभर उत्पन्न विषम परिस्थितिका कारण समयमा आवेदन दिन समस्या देखिएको भन्दै अब भदौ ३० र ३१ गतेसम्म थप समय दिने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ रहेकोमा यसको २० प्रतिशत अर्थात ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको छ।

यसअन्तर्गत, जारी पूँजीको १ प्रतिशत — अर्थात १ करोड ६३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६३ हजार १२५ कित्ता साधारण शेयर — उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको हो।

यो शेयरमा रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूले मात्र आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन मिल्ने व्यवस्था गरिएको छ।

रेटिङ्ग र जोखिम:

कम्पनीको आईपीओ निष्काशनको लागि इक्रा नेपालले गरेको मूल्याङ्कनमा कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाइएको छ। यसले लगानीकर्ताहरूलाई जोखिमबारे सतर्क रहन सल्लाह दिएको संकेत दिन्छ।

आवेदन कहाँ दिने?

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरूले नबिल बैंकका तानसेन (पाल्पा), फरसाटिकर (रुपन्देही) र योगिकुटी शाखाबाट आवेदन दिन सक्नेछन्। दरखास्त फाराम प्राप्त गर्नको लागि २ रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया