Nepal Life

सिंहदरबारसहित डेढ दर्जन सरकारी अड्डामा करिब हजार सवारीसाधन जलेर नष्ट

NMB Bank
  • BFIS News
  • 2025 Sep 16 13:55
सिंहदरबारसहित डेढ दर्जन सरकारी अड्डामा करिब हजार सवारीसाधन जलेर नष्ट
United Ajod

काठमाडौं । सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र सरकारी निकायका करिब हजारभन्दा बढी सवारीसाधन आगजनीका कारण जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ।

Shikhar
Nepal Life
NIMB

सम्बन्धित निकायका तथ्यांकअनुसार डेढ दर्जनभन्दा बढी मन्त्रालय तथा कार्यालयमा रहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनमा क्षति पुगेको हो।

प्राप्त विवरणअनुसार ४४१ वटा चार पाङ्ग्रे सवारीसाधन (कार, जीप, बस) र ६०१ वटा दुई पाङ्ग्रे (मोटरसाइकल, स्कुटर) जलेको अनुमान गरिएको छ।

मन्त्रालयवार क्षतिको विवरण यसप्रकार छः

  • प्रधानमन्त्री कार्यालय : दुई पाङ्ग्रे ७४, चार पाङ्ग्रे ४७

  • अर्थ मन्त्रालय : दुई पाङ्ग्रे ५४, चार पाङ्ग्रे ३६

  • गृह मन्त्रालय : दुई पाङ्ग्रे ३०, चार पाङ्ग्रे २५

  • कृषि तथा पशुपन्छी विकास मन्त्रालय : दुई पाङ्ग्रे ३९, चार पाङ्ग्रे ९

  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय : दुई पाङ्ग्रे ३६, चार पाङ्ग्रे ३५

  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय : दुई पाङ्ग्रे ४७, चार पाङ्ग्रे २६

  • युवा तथा खेलकुद मन्त्रालय : दुई पाङ्ग्रे २३, चार पाङ्ग्रे १९

  • संघीय संसद : दुई पाङ्ग्रे ३६, चार पाङ्ग्रे १८

  • वन तथा वातावरण मन्त्रालय : दुई पाङ्ग्रे १०, चार पाङ्ग्रे १७

  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग : दुई पाङ्ग्रे ९

  • काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) : दुई पाङ्ग्रे २९, चार पाङ्ग्रे १८

  • सर्वोच्च अदालत : दुई पाङ्ग्रे गन्न नसकिने, चार पाङ्ग्रे ५१

  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालय : दुई पाङ्ग्रे १४, चार पाङ्ग्रे २२

  • सहरी विकास तथा भवन निर्माण विभाग : दुई पाङ्ग्रे २००, चार पाङ्ग्रे ५०

  • सडक विभाग : दुई पाङ्ग्रे ७०, चार पाङ्ग्रे ६५

  • महान्यायाधिवक्ताको कार्यालय : चार पाङ्ग्रे ३

प्रारम्भिक विवरणअनुसार यी सबै सवारीसाधन पूर्णरूपमा जलेर प्रयोगयोग्य नरहेको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया