Nepal Life

भारतले १६ हजार विदेशीलाई निस्कासन गर्ने, केही नेपाली पनि पर्ने आशंका

NMB Bank
  • BFIS News
  • 2025 Sep 16 13:59
भारतले १६ हजार विदेशीलाई निस्कासन गर्ने, केही नेपाली पनि पर्ने आशंका
United Ajod

नयाँदिल्ली । भारत सरकारले इतिहासकै सबैभन्दा ठूलो निस्कासन अभियान सुरु गर्ने घोषणा गरेको छ। गृहमन्त्री अमित शाहले १६ हजार विदेशी नागरिकलाई आगामी १५ दिनभित्र भारतबाट निस्कासन गरी पुनः प्रवेश निषेध गर्ने बताएका छन्।

Shikhar
Nepal Life
NIMB

शाहका अनुसार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसिबी) को सिफारिसमा लागू औषध नियन्त्रण अभियान अन्तर्गत ती विदेशीलाई निस्कासन गर्न लागिएको हो। उनले यो भारतमा लागू औषध नियन्त्रणका लागि चालेको सबैभन्दा कठोर कदम भएको दाबी गरे।

एनसिबीले भारतमा बढ्दो लागू औषधको समस्यामा विदेशी नागरिकको महत्वपूर्ण संलग्नता रहेको निष्कर्ष निकालेको छ। त्यसैका आधारमा लागू औषध कारोबार वा ओसारपसारमा संलग्न आशंकित विदेशी नागरिकलाई ‘फेरि फर्किन नपाउने’ गरि निस्कासन गर्ने निर्णय भएको हो।

यो अभियानअन्तर्गत सेप्टेम्बर महिनाभित्रै १ किलोभन्दा बढी कडा खालका लागू औषध नष्ट गर्ने गरी ‘नशामुक्ति अभियान’ समेत सुरु गरिएको छ।

हालसम्म निस्कासन हुने नागरिक कुन–कुन देशका हुन् भन्ने खुलाइएको छैन। तर, भारतीय सञ्चारमाध्यमले उक्त सूचीमा केही नेपाली नागरिक पनि पर्ने सम्भावना रहेको दाबी गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया