Nepal Life

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई उपकरण सहयोग

NMB Bank
  • BFIS News
  • 2025 Sep 16 22:13
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई उपकरण सहयोग
United Ajod

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर र एउटा स्क्यानर तथा फोटोकपीसहितको ‘थ्री इन वान’ प्रिन्टर सहयोग गरेको छ। केही दिनअघि भएको आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहजता पुगोस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको हो।

Shikhar
Nepal Life
NIMB

उक्त सहयोग सामग्री मंगलबार सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले वृत्तका इन्चार्ज प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई हस्तान्तरण गरे।

सहयोग ग्रहण गर्दै इन्चार्ज श्रेष्ठले यस्तो सहयोगले कार्यालय सञ्चालनमा केही सहजता ल्याएको भए पनि क्षति ठूलो भएकाले अझै व्यापक सहयोग आवश्यक रहेको बताए।

आम नागरिकको विश्वास र भरोसामा आधारित सांग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको छ। संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यास गर्दै आएको बैंकले आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया