Nepal Life

अर्थमन्त्रीले गभर्नरलाई नचलाउने, 'काम नगरे मात्रै कानुनी प्रकृया अगाडी बढाउने हो'

NMB Bank
  • BFIS News
  • 2025 Sep 16 22:31
अर्थमन्त्रीले गभर्नरलाई नचलाउने, 'काम नगरे मात्रै कानुनी प्रकृया अगाडी बढाउने हो'
United Ajod

काठमाडौं। नव नियुक्त अर्थमन्त्री रामेश्वर खनालले गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई नचलाउने भएका छन्। उनले सञ्चार माध्यम सँग बोल्ने क्रममा मेरिटका आधारमा नियुक्त भएका कसैलाई पनि नहटाउने प्रष्ट पारेका छन्। 

Shikhar
Nepal Life
NIMB

बजेट परिवर्तन हुन्छ भन्ने प्रश्नमा उनले जवाफ दिदै भनेका छन् 'बजेट खारेज हुँदैन। बजेट राष्ट्रको हो नि। यो कुनै दलको बजेट होइन न नि।' उनले अहिलेकै बजेटलाई कार्यान्वयन गर्ने भएका हुन्। कुनै पनि मेरिट बेसिसमा नियुक्त भएका व्यक्तिलाई नहटाउने उल्लेख गरेका छन्। यस सँगै यस अगाडीका सरकारले नियुक्त गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत, नेपाल बीमा प्राधिकरणका अध्यक्ष लगायतको पद सुरक्षित रहने भएको छ।

यदि सकैले काम नगरेका खण्डमा हटाइने उनले चेतावनी दिएका छन्। यदि कसैले गर्नु पर्ने काम नगरेमा नियम अनुसार हटाइने पनि उनले प्रष्ट बताएका छन्। 

यस सँगै गभर्नर प्रा. डा. विश्वनाथ पौडेललाई पनि काम गर्न निकै सहज हुने भएको छ। जेनजी आन्दोलन पछि बनेको चुनावी सरकारले राजनीतिक नियुक्तिलाई सुरुमै चलाउछ कि भन्ने थियो। तर निकै सालिन व्यक्तित्व खनालले छोटो समयमा टिम बनाएर काम गर्नु पर्ने अवस्था छ। अर्को तर्फ गभर्नर पौडेल राजनीतिक व्यक्तित्व भए पनि आफैमा सालिन व्यक्ति हुन्। यो समय कसैलाई पनि टसमस गरेर काम गर्ने छुट छैन। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया