Nepal Life

जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी चौकीमा छोटेलाल रौनियारद्धारा कम्प्युटर र फर्निचर सहयोग

NMB Bank
  • BFIS News
  • 2025 Sep 17 19:59
जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी चौकीमा छोटेलाल रौनियारद्धारा कम्प्युटर र फर्निचर सहयोग
United Ajod

काठमाडौं। हालैको जेनजी युवाको प्रदर्शनका क्रममा आगजनीका कारण क्षति पुगेका काठमाडौं उपत्यकाका विभिन्न प्रहरी कार्यालयहरूलाई पुनर्निर्माण तथा सेवा सुचारुका लागि सहयोग पुर्‍याउने उद्देश्यले विभिन्न संघ–संस्थाहरू तथा व्यक्तिहरू सक्रिय भई रहेका छन्।

Shikhar
Nepal Life
NIMB

यसै क्रममा, शेयर लगानीकर्ता संघ नेपालका वरिष्ठ सल्लाहकार छोटेलाल रौनियारले कालीमाटी प्रहरी कार्यालयलाई ३ सेट कम्प्युटर, प्रिन्टर तथा टेबल–कुर्सी सहयोगस्वरूप प्रदान गरेका छन्।

उक्त सहयोगले प्रहरी प्रशासनको सेवा प्रवाहमा सहजता ल्याउने विश्वास गरिएको छ। यस उदार र प्रेरणादायी योगदानप्रति शेयर लगानीकर्ता संघ नेपालले छोंटेलाल रौनियारप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया