Nepal Life

नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस शेयर घोषणा, असोज १२ देखि बुकक्लोज

NMB Bank
  • BFIS News
  • 2025 Sep 18 11:05
नेपाल ल्यूब आयलले २० प्रतिशत बोनस शेयर घोषणा, असोज १२ देखि बुकक्लोज
United Ajod

काठमाडौं । नेपाल ल्यूब आयल (NLO) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सो प्रस्ताव पारित गर्नका लागि असोज ३१ गते द प्लाजा, पुल्चोक, ललितपुरमा ३४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान साढे ११ बजे शुरु हुनेछ।

साधारण सभामा बोनस शेयरको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने, २०० प्रतिशत हकप्रद शेयर निष्काशन गरी प्राप्त रकमको उपयोग गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, तथा सर्वसाधारण तर्फबाट सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश हुनेछन्।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यसअनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया