Nepal Life

जेनजी आन्दोलन पछि शेयर बजारमा ठूलो गिरावट, तेस्रो सर्किट ब्रेकपछि आजको कारोबार स्थगित

NMB Bank
  • BFIS News
  • 2025 Sep 18 12:32
जेनजी आन्दोलन पछि शेयर बजारमा ठूलो गिरावट, तेस्रो सर्किट ब्रेकपछि आजको कारोबार स्थगित
United Ajod

काठमाडौं, १८ सेप्टेम्बर — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पुनः भारी गिरावटमा देखिएको छ। बजार खुलेको केही मिनेटमै नेप्से परिसूचकमा ६ प्रतिशतको गिरावट आएपछि तेस्रो सर्किट ब्रेक लागेर आजको लागि सम्पूर्ण शेयर कारोबार बन्द गरिएको छ।

Shikhar
Nepal Life
NIMB

बजार खुल्ला भएको २ मिनेटमै नेप्से सूचक ४ प्रतिशतले घट्दा पहिलो सर्किट ब्रेक लागेर कारोबार २० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछिको पुनः सुरुभएको कारोबार ११:२२ बजेबाट सुरु भए पनि १ मिनेटमै सूचक थप १ प्रतिशतले घटेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार ४० मिनेटका लागि रोकिएको थियो।

तत्पश्चात, बजार १२:०३ बजे पुनः खुलेको थियो। तर १२:०६ बजेभित्रै नेप्से पुनः १ प्रतिशतले घटेपछि तेस्रो सर्किट ब्रेक लाग्यो र आजको लागि कारोबार पूर्ण रूपमा बन्द गरियो।

आन्दोलनपछि खुलेको बजारमा त्रास

जेनजी आन्दोलनका कारण एक साता लामो बन्दपछि खुलेको बजारमा लगानीकर्ता थप त्रसित देखिएका छन्। बजारमा जारी राजनीतिक अनिश्चितता र अर्थतन्त्रप्रतिको अविश्वासले गर्दा कारोबारको पहिलो दिन नै यस्तो ठूलो गिरावट देखिएको हो।

बजार खोल्ने निर्णयप्रति केही लगानीकर्ताले असन्तुष्टि जनाएका थिए। उनीहरूले आन्दोलनपछि उत्पन्न अन्योलपूर्ण अवस्था र अन्तरिम सरकार निर्माण नभइसकेको अवस्थालाई दृष्टिगत गर्दै बजार खोल्न चाँडो भएको बताएका थिए।

तर, ठूला लगानीकर्ताहरूले भने बजार खोल्नुपर्छ भन्ने अडान लिँदै नेप्से र स्टक बोर्डमा पुगेर कारोबार यथावत राख्न दबाब दिएका थिए। आजको गिरावटसँगै ती लगानीकर्ताको चेतावनी सही सावित भएको देखिन्छ।

आगामी दिशा अन्तरिम सरकारमा निर्भर

पछिल्लो गिरावटले नेपाली शेयर बजारलाई थप दबावमा पारेको छ। यद्यपि बजारले अहिलेको विषम परिस्थितिको सामना गर्नुपर्ने आवश्यकता स्पष्ट देखिएको छ। आगामी दिनमा बजारको दिशा नवनिर्मित अन्तरिम सरकारको कार्यशैली र निर्णयहरूमा निर्भर रहने देखिन्छ।

लगानीकर्ताले बजारमा पुनः स्थिरता आउन्जेल सतर्कता अपनाउन र दीर्घकालीन सोचका साथ लगानी निर्णय गर्न विज्ञहरूको सुझाव रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया