Nepal Life

जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीबाट बीमा कम्पनीमा २० अर्ब ७० करोडको दाबी, भारतीय कम्पनीमा सबैभन्दा धेरै

NMB Bank
  • BFIS News
  • 2025 Sep 18 15:43
जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीबाट बीमा कम्पनीमा २० अर्ब ७० करोडको दाबी, भारतीय कम्पनीमा सबैभन्दा धेरै
United Ajod

काठमाडौं। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट बीमा कम्पनीहरुमा २० अर्ब ७० करोडको दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार १९ सय ९४ वटा पोलिसीमा दाबी परेको छ। 

Shikhar
Nepal Life
NIMB

सबैभन्दा ठुलो दाबी भारतीय बीमा कम्पनी दी ओरियण्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब १४ करोडको दाबी परेको छ। कम्पनीमा जम्मा ४० वटा पोलिसीमा दाबी परेको छ। ठुला ठुला संरचनाबाट दाबी पर्दा यति ठुलो रकम देखिएको हो। यस कम्पनीले विशेष गरी भारतीय कम्पनी तथा त्यस सँग सम्बन्धित क्षेत्रको बीमा गर्दै आइरहेको छ। 

त्यस्तै दोस्रो ठुलो दाबी सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा परेको छ। कम्पनीमा ४ अर्ब ९३ करोडको दाबी परेको छ । तेस्रो ठुलो दाबी शिखर इन्स्योरेन्स कम्पनीले खेप्नु परेको छ। कम्पनीमा ३६६ वटा पोलिसी मार्फत २ अर्ब २९ करोडको दाबी परेको हो। आइजिआइ प्रुडेन्सियलमा जम्मा २४ वटा पोलिसीमा एक अर्ब ५९ करोडको दाबी परेको छ। यसमा भाटभटेनीको बढी दाबी रहेको चर्चा छ। 

सगरमाथा लुम्बिनीमा २३३ वटा पोलिसी मार्फत एक अर्ब ४७ करोडको दाबी परेको छ। हिमालयन एभरेष्टमा एक अर्ब १५ करोडको दाबी परेको छ। नेकोमा पनि एक अर्ब ९ करोडको दाबी परेको छ। 

अहिले परेको दाबी बीमा कम्पनीले सबै रकम भने तिर्नु पर्दैन। सर्भेयर र बीमितले प्रारम्भिक रुपमा क्षति आकलन गरी उक्त रकम बराबरको दाबी गरेका हुन्। अव कम्पनीहरु र बीमित दुबैले क्षतिमूल्याङ्कनका लागि सर्भेयर सँग समन्वय गर्नेछन्। सर्भेयरले छिटो भन्दा छिटो क्षति मूल्याङ्कन गरी दाबीका लागि प्रतिवेदन बनाउदछन्। यस सँगै कम्पनीले जारी गरेको पोलिसीमा रहेको सर्त र व्यवस्था बमोजिम दाबी कति दिन मिल्छ मूल्याङ्कन गरिन्छ। 

बीमा कम्पनीहरुले यसरी पर्न आएको दाबीको सबै रकम आफैले भुक्तानी गर्नु पर्दैन। बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनी सँग पनि पुनर्बीमा गरेका हुन्छन्। उक्त पुनर्बीमा कम्पनीहरुले पनि अन्य पुनर्बीमा कम्पनी सँग पुनर्बीमा गर्दछन्। यसरी नेपालमा अहिले भएको क्षति विश्वका धेरै वटा पुनर्बीमा कम्पनीमा छरिन पुग्दछ र नेपालको यो क्षतिको भरपाइ विश्वका कयौ बीमा कम्पनीले गर्न पुग्दछन्। 

जुन कम्पनीले राम्रो सँग पुनर्बीमा गरेका हुन्छन् ति कम्पनीले यो समयमा उन्मुक्ति पाउछन् तर मुनाफाको लोभमा जसले पुनर्बीमा गरेका हुँदैनन् उनिहरुले ठुलो नोक्सानी बेहोर्नु पर्छ। त्यसैले बीमा कम्पनीले बीमा गर्ने वित्तीकै सबै पोलिसीमा जोखिम छ भन्ने कुरालाई स्वीकार गर्दै सोहि अनुसार जोखिम हस्तान्तरण गर्नु पर्दछ। 

 

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया